अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

नेपालमा २४ घण्टामा १ सय ३ जनामा काेराेना सङ्क्रमण

बिआरटीनेपाल २०८० वैशाख ७ गते ६:५२ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा एक सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ४५ जनाको नमुना परीक्षण गर्दा एक सय तीन जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६१ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ । अहिले काठमाण्डौ उपत्यकाका संस्थागत आइसोलेसनमा २९ जना, आईसीयूमा सात जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ ।

यस्तै २४ घण्टामा आठ हजार नौ सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू