अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

जबजबाट समाजको अग्रगति सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल

बिआरटीनेपाल २०८० वैशाख ६ गते ६:२० मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलिय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको बताउनुभएको छ ।बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले अहिले पनि पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी रहेको बताउनुभयो । उहाँले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने बताउनुभयो ।

उहाँले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरुसँग वैचारिक संघर्षहरु गर्नुपर्ने बताउनुभयो । उहाँले दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति सम्भव नरहेको जिकिर गर्नुभयो । सम्मानित नेता खनालले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु अर्को चुनावमा पहिलो विद्यार्थी पार्टी बन्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू