अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

साहित्यकार दिनेश राजभण्डारीको निधन

बिआरटीनेपाल २०८० वैशाख २ गते ९:२६ मा प्रकाशित

बोस्टन, अमेरिका । नेपाली साहित्यका विविध विधामा कलम चलाउदै आएका साहित्यकार दिनेश राजभण्डारीको बुधवार साँझ ८० वर्षको उमेरमा निधन भएको छ । कविता, गीत, कथालगायतका विधामा सिर्जनरत राजभण्डारीका ३१ वटा कृति प्रकाशित छन् ।

डेढ दशकदेखि अमेरिकाको बोस्टनमा बस्दै आएका राजभण्डारी अनेसास बोस्टन च्याप्टरको कोषाध्यक्ष तथा सिर्जना उत्सव बोस्टनको संस्थापक सदस्य पनि थिए । हिमालयन्स लायन्स क्लव , बोस्टन र जीबिएनसीमा पनि संलग्न राजभण्डारी केही समयदेखि अस्वस्थ थिए। मास जनरल अस्पतालमा उपचारगरि नर्सिङ होममा स्वास्थ्यलाभ गराइरहेका राजभण्डारी विहीवार घर फर्कने तयारी गरिरहेका थिए ।

नेपालमा रहदा रत्न रेकर्डिङ संस्थानमा रहेर काम गरेका राजभण्डारीका छोरा – छोरी नेपालमा रहेपनि उनी पत्नी आँशु राजभण्डारीसँग बोस्टनमा बस्दै आएका थिए । राजभण्डारीको पार्थिव शरिरलाई शनिवार बिहान १०:३० बजे बोस्टनको जमैका प्लेनमा रहेको फरेष्ट हिल्स दाहसंस्कार गृहमा अन्तिम संस्कार गरिने छ । उनको अन्तिम संस्कारकालागि सहयोग गर्न चाहनेहरूका लागि गोफण्डमार्फत सहयोग गर्न सकिने पनि पारिवारिक श्रोतले जनाएको छ ।

यसैगरी अनेसास बोस्टन च्याप्टर र हिमालयन्स लायन्स क्लवले पनि संस्था मार्फत सहयोग गर्न चाहनेहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू