अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:२५ मा प्रकाशित

चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक कार्यक्रममा देखा पर्नुभएको छ । सन् २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेपछि सार्वजनिक कार्यक्रममा कमैमात्र देखिनुभएका मा हाङ्जाउको विद्यालयमा देखा पर्नुभएको हो ।

चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा केही समयअघि मात्रै चीन फर्कनुभएको साउथ चाइना मर्निङ पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँ एक वर्षभन्दा बढी समयदेखि विभिन्न देशको भ्रमणमा रहनुभएको चाइना मर्निङ पोस्टले जनाएको छ ।

चीनमा सरकारले प्राविधिक उद्यमीहरूमाथि कडाइ गर्न थालेपछि बेपत्ता हुनेमा ज्याक मा सबैभन्दा उच्च प्रोफाइल अर्बपति हुनुहुन्थ्यो । ज्याक मा लामो समय सार्वजनिक हुन नसक्नुको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू