अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

प्रेम दिवसको अवसरमा रानीमहल पुग्ने जोडीलाई तानसेन नगरपालिकाद्वारा भव्य स्वागत

बिआरटीनेपाल २०७९ फागुन २ गते ५:३६ मा प्रकाशित

प्रेम दिवसको अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगर पालिकाले भव्य स्वागत गरेको छ । तानसेन नगरपालिकाले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहित जोडीलाई सम्मान तथा स्वागत गरेको हो ।

प्रेम दिवसका दिन रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरी जोडीलाई सम्मानसँगै स्वागत गरिएको नगरपालिकाका प्रवक्ता यादव सिहं कार्कीले जानकारी दिनुभयो ।प्रचार प्रसारको अभावमा ऐतिहासिक रानीमहल ओझेलमा पर्न थालेपछि नगरपालिकाले यस्तो कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू