अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

भारतीय विदेश सचिव क्वात्राद्वारा र उपप्रधानमन्त्री लिङ्देनसँग भेटवार्ता

बिआरटीनेपाल २०७९ फागुन २ गते ५:१८ मा प्रकाशित

नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मंगलबार राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गर्नु भएको छ । भारतीय विदेश सचिव क्वात्राले सिंहदरवार स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय उपप्रधानमन्त्री लिङ्देनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । उपप्रधानमन्त्री लिङदेन र भारतीय विदेश सचिव क्वात्राबीच भएकने भेटमा नेपालको उर्जा क्षेत्रको विकास लगायत द्विपक्षीय हितका विविध विषयमा छफफल भएको थियो । क्वात्रा नेपालको दुइ दिने भ्रमणका लागि सोमबार काठमाडौं आउनु भएको थियो ।

उहाँले यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री विमला राई पौडयाल,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरिसक्नु भएको छ । भारतीय विदेश सचिव क्वात्रा मंगलवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू