अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

अनेरास्ववियुको २३औं महाधिवेशन सुरु, नेतृत्वका लागि तीन जनाको दाबी

बिआरटीनेपाल २०७९ फागुन २ गते ५:१४ मा प्रकाशित

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार ड्रोन उडाएर महाधिवेशनको उद्घाटन गर्नुभयो ।महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ भने १५ सदस्यीय तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्ने छ ।

भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेका साथै मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गर्नुभएको छ । नेतृत्वका लागि मतदान गर्नुपर्ने अवस्था आएमा विद्युतीय भोटिङको व्यवस्था गर्ने अनेरास्ववियुको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू