अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

बालाजुमा यातायात मजदुरको प्रदर्शन

बिआरटीनेपाल २०७९ फागुन १ गते ६:२८ मा प्रकाशित

बालाजु क्षेत्रमा यातायात मजदुरले सडक अवरुद्ध गरेका छन् ।ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका यातायात मजदुरहरु सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अवरुद्ध गरेका हुन् ।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू