अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

बोर्डमा बसेर कुनै गल्ती गरेको छैन- धितोपत्र बोर्ड अध्यक्ष हमाल

बिआरटीनेपाल २०७९ माघ २३ गते ७:११ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ ।सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गर्नुभएको हो ।उहाँले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम सुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले आफूले कुनै पनि वित्तीय रुपमा गल्ती गरेको प्रमाण भए कानून अनुसार कारबाही हुने बताउनुभयो ।

उहाँले कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको बताउनुभयो । उहाँले आफूले कुनै वित्तीय गल्ती गरेको प्रमाण ल्याएमा टुँडिखेलमा गएर झुन्डिन तयार रहेको बताउनुभयो । अध्यक्ष हमालले बोर्डले धितोपत्र बजारमा सुधारका धेरै कामहरुको थालनी गरेको दाबी गर्नुभयो । उहाँले नागरिकताको सवालमा आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमति जस्ता कागजात नभएको दाबी गर्नुभयो ।

उहाँले समयमा नै विवरण नबुझाउने संस्थाहरुलाई तत्काल कारबाही गर्ने बताउनु भयो । उहाँले बार्डले जे गरी पनि कुनै कारबाही गर्दैन भने परम्परालाई तोड्दै कारबाही गर्ने थिती अपनाएको बताउनुभयो । उहाँले हरेक नीतिहरु आउँदा कोही खुशी त कोही दुखी हुने भन्दै राम्रो काम गर्न नडराउने बताउनुभयो । उहाँले लगानी कर्ताको हीतको लागि बोर्डले जस्तोसुकै शाहसिक निर्णय लिन तयार रहेको बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले नयाँ अध्यक्ष आएको १० महिनामा ३८ वटा संस्थाहरुलाई साधरण शेयर आइपीओ निस्काशन अनुमति पाएको बताउनुभयो । उहाँले बोर्डले प्रत्येक महिनाको ४ वटा कम्पनीको दरले आइपीओ निस्कासन अनुमति पाइरहेको बताउनुभयो । उहाँले १० महिनामा यति धेरै काम गर्दा पनि बोर्डले केही काम नगरेको भन्ने गुनासो आइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू