अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३
| Colorodo: 06:18
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब प्रधानमन्त्री हुने गरी अभियान चलाउने बताउनु भएको छ ।आइतबार रास्वपाद्वारा आयोजित पत्रकार सम्मेलनमा यहाँले आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्नेगरी शक्ति आर्जन गर्ने गरी अभियान चलाउनु बताउनु भयो ।
लामिछानेले भन्नुभयो , ‘कसैसँग नडराई यो पार्टी चलाउँछौं । आउने चुनावमा सरकार बनाउने गरी,उपप्रधान र गृह होइन प्रधानमन्त्री बन्ने गरी यो पार्टी अघि बढाउँछौँ।’सभापति लामिछानेले आफूलाई काम गर्ने मौका दिएकोमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो।