अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

कालिगण्डकीको शिला भारतको अयोध्यामा हस्तान्तरण

बिआरटीनेपाल २०७९ माघ १९ गते ६:३३ मा प्रकाशित

भारत अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी लगिएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ। बिहीबार अयोध्यामा आयोजित भव्य समारोहका बीच पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री विलमेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उक्त शिला श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गर्नुुभयो ।

हिन्दू परम्परा अनुसार पूजापाठ गरी मन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माण स्थल रामसेवकपुरममा उक्त शिला हस्तान्तरण गरिएको हो। शिला हस्तान्तरण कार्यक्रममा नेपाल र भारतबाट उपस्थित हिन्दू धर्मावलम्बीको उल्लेख्य उपस्थिति रहेको थियो। त्यस अबसरमा सयौं साधुहरु पनि उपस्थित थिए। उनीहरुले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका थिए। ऐतिहासिक यो अवसरको समाचार संकलनका लागि दुबै देशबाट ठूलो संख्यामा सञ्चारकर्मी जम्मा भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू