अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

चीनद्वारा अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह

बिआरटीनेपाल २०७९ माघ १७ गते ५:३७ मा प्रकाशित

चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको सम्बन्धलाई खलल पु¥याउने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको हो ।

अमेरिकी रिपब्लिकन कंग्रेसका केभिन म्याकार्थीले केही सातापछी ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो । मन्त्रालयका प्रवक्ता माओले चीनले आफूसँग कूटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा गर्ने जुनसुकै भ्रमण र सहयोगको चिनले विरोध गर्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू