अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

‘छक्का पञ्जा–४’को ‘दर्शन सलाम…’ बोलको गीत सार्वजनिक

बिआरटीनेपाल २०७९ माघ १६ गते ६:५२ मा प्रकाशित

नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–४’को गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले युट्युब च्यानलमार्फत आज चलचित्रको ‘दर्शन सलाम…’ बोलको लोक लयमा आधारित गीत सार्वजनिक गरेको हो । राजेन्द्र थापाको शब्दरचना रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् । स्वर डेविड शंकर र सहिमा श्रेष्ठको छ । एरेन्जर उदयराज पौडेल रहेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्रका  मुख्य कलाकार फिचर्ड छन् । दीपकराज गिरी, स्वस्तिमा खड्का, दीपाश्री निरौला, केदार घिमिरे, बुद्दि तामाङ, राज आचार्यलगायत कलाकारलाई भिडियोमा देख्न सकिन्छ ।  हेमराज बिसीको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा–४’ फागुन १९ गते रिलिज हुँदै छ । चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन् ।

‘छक्का पञ्जा’का यसअघिका सिरिज दीपाश्री निरौलाले निर्देशन गरे पनि यो सिरिज भने हेमराज बिसीले निर्देशन गरेका हुन् । ‘छक्का पञ्जा–३’ नेपालमा हालसम्म सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्र हो ।

प्रतिक्रिया