अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

शेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि घटेर तीन अर्ब भन्दा तल

बिआरटीनेपाल २०७९ माघ १२ गते ६:०६ मा प्रकाशित

शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार १ सय ८३ दशमलव २१ विन्दुमा झरेको छ ।आज फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय ५४ वटा कम्पनीका ७७ लाख ६४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धरै समृद्धी फाइनान्सको नौ करोड ७० लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । समृद्धी फाइनान्सको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू