अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

चलचित्र ‘मनसँग मन’को टिजर सार्वजनिक

बिआरटीनेपाल २०७९ माघ १ गते ६:०५ मा प्रकाशित

चलचित्र ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले माघे संक्रान्तिको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेको हो ।अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको उक्त चलचित्र आगामी माघ २० गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

चलचित्रको टिजरमा वर्षा र पुष्पको प्रेमलाई झल्काइएको छ । चलचित्रको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रस्तुत छन् । कैलाश राईको निर्देशनमा तयार भएको यो चलचित्र भारतको केहि शहरमा भने प्रदर्शन भइसकेको हो । साथै चलचित्रले भारतमा राम्रो प्रतिक्रिया पनि पाएको थियो । यस चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् ।

सौरभ इन्टरटेन्मेन्ट र बलाजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधानलगाएतको अभिनय रहेको छ । लभस्टोरी जनरामा निर्माण गरिएको चलचित्रको २ वटा गीत यसअघि निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया