अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

“संवेदनाका स्वरहरु” निबन्धकृतिको २५ वर्षपछि चर्चा

बिआरटीनेपाल २०७९ पुष ३० गते १२:३६ मा प्रकाशित

शंकर लामिछाने प्रतिष्ठानले हिजो २०७९ पुस २९ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा चार निबन्धकारहरु श्रीओम श्रेष्ठ “रोदन”, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशद्वारा लिखित “संवेदनाका स्वरहरु” निबन्धसङ्ग्रह प्रकाशनको २५ वर्ष (रजत महाेत्सव)को अवसरमा समीक्षात्मक कार्यक्रमको आयोजना गर्‍यो ।

सो अवसरमा “संवेदनाका स्वरहरु” निबन्धसङ्ग्रहका भूमिका लेखक प्राडा. शैलेन्दुप्रकाश नेपाल र सो कृतिका आवरण कलाका कलाकार के. के. कर्माचार्यलगायत समीक्षकद्वय डा. ज्ञानु पाण्डे र महेश पौडेलले निबन्ध लेखनका उतारचढावका विविधपक्षमा चर्चा गर्नु भयो ।

“संवेदनाका स्वरहरु”का चार निबन्धकारले आआफ्नो सङ्क्षिप्त मन्तव्यका क्रममा बितेको २५ वर्षदेखि निबन्ध र नियात्रा लेखनमा कृति प्रकाशनका साथै उक्त विधालाई निरन्तरता दिंदै आएको बताएका थिए ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सप्पन्न कार्यक्रममा साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई लेखकहरुका तर्फबाट आभारपत्रसहित अभिनन्दन गरिएको थियो ।

कार्यक्रमको संचालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू