अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

पाँच महिनामै वैदेशिक शिक्षाको लागि झण्डै २९ अर्ब रुपैयाँ खर्च, विदेश घुम्दा साढे १३ अर्ब रुपैयाँ बाहिरियो

बिआरटीनेपाल २०७९ पुष ३० गते ५:०६ मा प्रकाशित

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेश पढ्न जाने नेपालीले झण्डै २९ अर्ब रुपैयाँ खर्च गरेका छन् ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको तथ्यांक अनुसार नेपालीले विदेशमा पढ्नकै लागि भनेर २८ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको पाँच महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो । अघिल्लो वर्षको पाँच महिनामा वैदेशिक शिक्षाको लागि १३  अर्ब ५३ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो ।

यस्तै, पाँच महिनामा विदेश घुम्न जाने नेपालीले  १३ अर्ब २७ करोड रुपैयाँ खर्च गरेका छन् । समग्रमा भ्रमण र शिक्षातर्फ गरेर पाँच महिनामा ४२ अर्ब ८ करोड रुपैयाँ नेपालबाट बाहिरिएको  छ । भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च पनि १ सय ३३ प्रतिशतले बढेको छ । पाँच महिनामा विदेशीले नेपाल भ्रमण गर्दा २३ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेका छन् ।

अघिल्लो वर्ष जम्मा १० अर्ब १४ करोड रुपैयाँ खर्च गरेका थिए । समग्रमा पाँच महिनामा नेपालको खुद सेवा आय २६ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ ।

प्रतिक्रिया