अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

‘छड्के २’मा र्‍यापर भिटेनको स्वर

बिआरटीनेपाल २०७९ पुष २७ गते ३:५९ मा प्रकाशित

आगामी फागुन १९ गतेबाट रिलिज हुने प्रतिक्षित चलचित्र ‘छड्के २’को एक गीतमा चर्चित र्‍यापर भिटेनले स्वर भरेका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको चलचित्रको गीतमा भिटेनले स्वर भरेका हुन् । उक्त गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् ।कथा सुहाउँदो भएकै कारण आफुहरूले भिटेनको गीत चलचित्रमा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए । अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्रको पोस्टर सार्वजनिक भएसँगै चलचित्र चर्चाको शिखरमा छ ।

ग्याङस्टर जनरामा निर्माण भएको चलचित्रमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको यस चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । चलचित्रलाई चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् भने कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर चलचित्र हो ।

प्रतिक्रिया