अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

घट्यो सुनको मूल्य, चाँदी स्थिर

बिआरटीनेपाल २०७९ पुष २७ गते ३:०८ मा प्रकाशित

साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रूपैयाँले घटेर एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने बुधबार स्थिर रहेर १ हजार ३६५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया