अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

४७ अङ्कले बढेर शेयर बजारले २२ सय विन्दु पार गर्‍याे, ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ पुष २५ गते ३:३६ मा प्रकाशित

शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसुचक नेप्से ४७ दशमलव १५ अङ्कले बढेर दुई हजार दुई सय ११ दशमलव ७७ विन्दुमा पुगेको छ । आज होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज वरुण हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रो, जोशी हाइड्रो, सिँगटी हाइड्रो, युनियन हाइड्रो, छ्याङ्दी हाइड्रो, बाराही हाइड्रो, राधी जलविद्युत् र खप्तड लघुवित्त गरी १० वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै छ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेर हरियाली भए पनि आज धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै साढे दुई प्रतिशतले घटेको छ ।

प्रतिक्रिया