अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

अभिनेत्री पूजा शर्मा बोर्डको महिला समिति सदस्यमा नियुक्त

बिआरटीनेपाल २०७९ पुष १४ गते ३:२७ मा प्रकाशित

अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त हुनुभएको छ । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय पूजालाई हालै बोर्डले उक्त पदमा नियुक्त गरेको हो ।

बोर्डले सोही दिन बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई पनि नियुक्त गरेको छ । महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि पूजालाई उक्त पदमा नियुक्त गरेको हो ।

प्रतिक्रिया