अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

डाक्टर र नर्ससहित वीर अस्पतालका १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन

बिआरटीनेपाल २०७९ पुष ३ गते ३:४८ मा प्रकाशित

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु भएको छ ।अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली,२०६५ को नियम १ सय ३३ को उपनियम (घ) बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

न्याम्सले सूचना जारी गरेका स्टाफहरूमा रजिष्ट्रार/ट्युटर डा.सृष्टि शाह र स्टाफ नर्सहरू जमुना सिटौला,ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् । यस्तै, युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीरमा कार्यरत अन्य ६ जनाको नाममा पनि तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।

सूचना जारी भएका स्वास्थ्यकर्मीमा छैटौं तहका अनमीद्वय साहिदा सुब्बा र अनिता बसेल छन् । यस्तै,पाँचौं तहका स्टाफ नर्सहरु सकिला चौलागाईं,अञ्जुकला राई,सरस्वती अर्याल र रेणुका अधिकारी छन् । सूचनामा तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारवाही हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू