अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

”मुलुकको आन्तरिक एकता बलियो पार्न अध्यादेश ल्यायौँ”-

बिआरटीनेपाल २०७९ मंसिर २६ गते ४:५० मा प्रकाशित

सरकारले मुलुकको आन्तरिक एकता बलियो पार्न अध्यादेश जारी गरेको प्रतिक्रिया दिएको छ । राजनीतिक मुद्दामा जुनसुकै अदालतमा रहेको मुद्दा फिर्ता गर्न मिल्नेगरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्ने अध्यादेश जारी गरेको सरकारले व्यापक विरोधपछि यस्तो प्रतिक्रिया जनाएको हो ।

“मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलुकको राजनीतिक प्रणालीसँग अहसमत रहेर अहिंसात्मक क्रियापकलापमा संलग्न सबैलाई राजनीतिक मूलधारमा ल्याउने उदेश्यका साथ अध्यादेश सिफारिस गरिएको हो,” मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नेक्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, “अघिल्लो सरकाले पनि यस किसिमका अध्यादेश जारी गरेर माफि दिने सहमति गरेको छ ।”

उहाँले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर सबैलाई सहज वातावरण सिर्जना गर्न मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको बताउनुभयो । “मुलुकलाई शान्ति, एकता र विकास चाहिएको छ । त्यसका लागि सबैको योगदान रहोस् भन्ने उदेश्यका साथ यो अध्यादेशको सिफारिस गरिएको छ ।”- मन्त्री कार्कीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू