अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

धादिङमा श्रीमान्–श्रीमतीको विभत्स हत्या

बिआरटीनेपाल २०७९ मंसिर २६ गते ४:१७ मा प्रकाशित

धादिङमा हिजाे आइतवार राति एक दम्पतीको हत्या भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका ३ आहालेमा आफ्नै घरमा सुतिरहेको अवस्थामा ६२ वर्षका विष्णुबहादुर आलेमगर र उहाँकी ६० वर्षीया श्रीमती निरमायाकाे विभत्स हत्या भएको हो ।

उनीहरूको शव ठाउँ–ठाउँमा धारिलो हतियारले प्रहार गरेर क्षतविक्षत बनाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । स्थानीयवासीले घटनाकाे बारेमा खबर गरेपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

आलेमगर दम्पतीकाे घर एकान्तमा भएकाले घटना हुँदा कसैलाई जानकारी नभएको स्थानीयवासीले बताएका छन् । हुलाक सेवाका पूर्व कर्मचारी रहेका विष्णुबहादुरका एक छोरा दन्त उपचार सेवामा काठमाण्डाैमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू