अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

कोठामा

युवराज मैनाली २०७९ मंसिर १३ गते १५:५५ मा प्रकाशित

लघुकथा

मेरो घरमा सुनचरो आएर झ्यालैमा झ्याप्प बस्यो । अलिकति सुस्ताएर कोठामै पस्यो । खाटमा लसक्क बसेर पिचिक्क हग्यो । अहो क्या अनौठो । उसको हगाई पनि सुनैसुन । तब म जस्तो अल्छी मान्छे पनि लुसुक्क उठेर बिस्तारै झ्याल ढोका सप्पै बन्द गरेर चरो समाप्त दौडमा कस्सिएँ । कति लडियो । चिउँडो खुइलियो । घुँडा खोच्चियो ।

आखिरमा बल्ल सुनचरो समात्दा छ्याङ्ग आँखा खोलियो धत्तेरिका !