अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ५:३४ मा प्रकाशित

रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएको छ । एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गर्दै अध्यक्ष नेपाल विजयी बन्नुभएको हो ।

नेपालले ३३ हजार ५ सय २२ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं २ मा विजयी हुनुभएका नेपाल नयाँ दल खोलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई रौतहट १ मा विजयी हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू