अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष स्थापना गर्ने रवीन्द्र मिश्रको घोषणा

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ६:३४ मा प्रकाशित

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा सरोकार कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएलगत्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले  काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । मंगलवार विज्ञप्ति जारी गर्दै उहाँले आफ्ना पुस्तकबाट प्राप्त हुने लेखकश्व र त्यसमा थप जोडेर २५ लाखको कोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । कोष स्थापनाले आफूलाई मनमा अलिकति भए पनि शान्ति दिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

मिश्रले विजयी हुनुभएका सिंहलाई बधाई दिदै काठमाडौं १ का मतदाताप्रति आफूलाई मतदान गरेकोमा आभार पनि प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू