अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

रुपन्देही १ मा घनश्याम भुसाल एमालेका विश्वकर्माभन्दा ५७८ मतले पछाडि

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ६:३३ मा प्रकाशित

रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसाल ५७८ मतले पछि पर्नुभएको छ ।  एमालेका छविलाल विश्वकर्मालाई पछ्याउँदै अघि बढिरहनुभएका भुसालले पछिल्लो मतपरिणामअनुसार १,९६४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका विश्वकर्माले भने २५४२ मतसहित अग्रता लिनुभएको छ ।

यो क्षेत्रमा पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेका धनिराम चौधरीले १८७७ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका कैलाश गुरुङले १३२० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाईले ९५६ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू