अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

एमालेपछि कांग्रेसले पनि ल्यायाे समानुपातिकमा १ लाख मत

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ६:२८ मा प्रकाशित

नेपाली कांग्रेसले पनि प्रतिनिधि सभाको समानुपातिकतर्फ १ लाख मत नघाएको छ । पछिल्लो विवरणअनुसार कांग्रेस १ लाख १ हजार ७ सय ८१ मतसहित दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको एमालेले १ लाख १९ हजार ७ मत प्राप्त गरेको छ ।

यस्तै तेस्रो स्थानमा गएको असारमा मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ हजार २ सय ४१ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ४५ हजार ६ सय ९४ र पाँचौँ स्थानमा रहेको राप्रपाको २८ हजार ७ सय ६ मत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू