अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ कार्तिक २१ गते ४:४२ मा प्रकाशित

नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेकाे छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेकाे छ ।त्यस्तै डेंगुबाट अहिलेसम्म याे वर्ष संख्या ५५ जनाकाे ज्यान गएकाे छ ।

यो संख्या सन् २००४ यताकै उच्च रहेकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएकाे छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू