अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

एमाले नेता लामासहित ४१ जना माओवादीमा प्रवेश

बिआरटीनेपाल २०७९ कार्तिक २० गते ६:०२ मा प्रकाशित

नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । यस्तै एमालेकै रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

दुई नेतासहित ४१ जना एमालेका नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू