अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

‘पाँच दलीय गठबन्धन सत्तामा पुगेर मुलुककाे विकासका निम्ती काम गर्छ’-गृहमन्त्री बालकृष्ण खाँण

बिआरटीनेपाल २०७९ कार्तिक १९ गते ६:१३ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन सत्तामा पुगेर मन्त्री/प्रधानमन्त्री बन्नका लागि नभएर मुलुकको समग्र विकासका निम्ती बनेको बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री तथा रुपन्देही–३ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार खाँणले पाँच दलीय गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको बताउनु भयो ।

पाँच दलीय गठबन्धनसँग जनताले ठूलो आशा र भरोसा रहेकाले नेपालको सामाजिक, आर्थिक शैक्षिक सबै क्षेत्रमा आमुल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको रुपमा रुपन्तरण गर्नु पर्ने बताउनु भयो ।माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा अघि बढाइ राजतन्त्रलाई हटाउन तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको आपसी वार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उहाँले भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई निर्वाचनमा घेराबन्दी गरी पराजित गर्न स्वदेशी र विदेशी शक्ति लागेको सूचना आफूले पाएपछि यस बारेमा आफूले दाहाललाई जानकारी गराएको र पाँच दलीय गठबन्धनकै प्रस्तावमा दाहाललाई गोर्खाबाट निर्वाचनमा लडाइएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू