अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

देशभरथप २० जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७९ कार्तिक १३ गते ५:२७ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८४ जनाको नमूना परीक्षण गरिएको थियो ।२ सय २९ जनाको पीसीआर र ८ सय ५५ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ३४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू