अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

बस दुर्घटनामा परेकाको तत्काल उपचारको प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७९ कार्तिक १३ गते ५:२१ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको दुर्घटनाका घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ४ बजे दुर्घटना भएको थियो ।

दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू