अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल

बिआरटीनेपाल २०७९ कार्तिक १३ गते ५:१२ मा प्रकाशित

नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनःस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँले बताउनुभयो ।आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीर समेत गर्नुभयो ।

सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बन्नु भएका उहाँले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधान माथिनै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको उल्लेख गर्नुभयो । नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाउनुभयो । त्यसक्रममा उहाँले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गरेको जिकीर समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू