अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

बालिका बलात्कार गरेर फरार रहेका एक जना १० वर्षपछि पक्राउ

बिआरटीनेपाल २०७९ कार्तिक १२ गते ५:३३ मा प्रकाशित

अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षअघि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका एक जना पक्राउ परेका छन् । वि.स. २०६९ साल कात्तिक २६ गते  शितगंगा नगरपालिका वडा नम्बर ६ साविक जुकेना गाविस ७ का शालिकराम थापाले स्थानीय ९ वर्षीया कमला थापा (नाम परिवर्तन)लाई जबरजस्ती करणी गरि फरार रहेका थिए । थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताउनुभयो । शितगंगा नगरपालिकाको वडा नं. ४ चाक्लामा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीसहितको टोलीले पक्राउ गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू