अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ कार्तिक ६ गते ७:०९ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आइतबार भएको भेटवार्ता द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ।भेटमा गृहमन्त्री खाणले राजदूत थम्पसनलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोगले निरन्तरता पाउने विश्वास उहाँको थियो।

नेपालमा मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन लागेको जानकारी गराउँदै सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको गृहमन्त्री खाणको भनाइ थियो। राजदूत थम्पसनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको विकासमा अमेरिकाले गर्दै आएको सहयोग निरन्तर रहने राजदूत थम्पसनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू