अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

सामाजिक सञ्जाल निर्वाचन आचारसंहिताका लागि चुनौति : भण्डारी

बिआरटीनेपाल २०७९ कार्तिक ६ गते ६:३२ मा प्रकाशित

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल निर्वाचन आचारसंहिताका लागि चुनौति बनेको बताउनुभएको छ । निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा आइतबार सम्बोधन गर्दै उहाँले फेसबुक, टिकटक मात्र नभई लोकप्रिय बन्दै गएका अनलाइन मिडियाको व्यवस्थापन कठिन भएको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल नियन्त्रणमा सतर्कता अपनाउँदा पनि अन्तर्राष्ट्रिय कानूनको दायरा देखाई नेपालको कानुनले खोजे जस्तो हुन नसकेको बताउनुभयो ।आयोग र प्रेस एक रथका दुई पाटा भएको बताउँदै उहाँले मिडियाको दायित्व मुलुक र नागरिक प्रति रहेकाले निर्वाचनमा कस्तो उम्मेदवारलाई जिताउने भन्ने सार्थक भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले कुन दल ठूलो वा सानो र कुन दलले जित्छ जित्दैन् भन्नेमा आफूहरुको सरोकार नभएको बताउँदै आयोगले निष्पक्ष निर्वाचन चाहेको बताउनुभयो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनले निर्देशित गरेको कानूनको अधिनमा रहि निर्वाचन गराउने र आचार सहिंता कडाईका साथ लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू