अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

नेपालमा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि

बिआरटीनेपाल २०७९ कार्तिक ६ गते ६:२७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टीजेन गरी एक हजार दुई सय ५० जनाको नमुना परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ५९ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ सय ९६ जनामा झरेको छ । यसैबीच नेपालमा डेङ्गी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२ जना पुगेको छ ।

गएको साउनपछि ४३ हजार ६ सय ८५ जनामा डेङ्गी पुष्टि भएकोमा ५२ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू