अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

स्पेनी राजाको नेपाल भ्रमण गर्ने चाहना

बिआरटीनेपाल २०७९ कार्तिक ५ गते ६:५२ मा प्रकाशित

स्पेनका राजा फिलिपे छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गर्नुभएको छ । स्पेनका लागि नेपाली राजदूतका रूपमा नियुक्त शर्मिला पराजुली ढकालको ओहोदाको प्रमाणपत्र ग्रहणका क्रममा स्पेनी राजाले यसअघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना गरेको बताउनुभएको हो ।

भेटका क्रममा स्पेनी राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै राजदूत ढकालको कार्यकालमा दुई देशबीच परस्परको सहकार्य र सहयोगका आधारमा सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत ढकालले नेपालमा कोभिड संकटका बेला युरोपियन युनियनका देशमध्ये शुरुवाती चरणमा नै स्पेनबाट मानवीय सहायता प्राप्त भएको भन्दै आभार प्रकट गर्नुभयो ।

उहाँले दुई देशबीचको सम्बन्ध विस्तारमा आफ्नो योजना तथा कार्यक्रमबारे राजालाई जानकारी गराएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ।भेटका क्रममा राजासँगै त्यहाँका परराष्ट्र सचिव, अन्य विशिष्ट अधिकारीहरुको सहभागी रहेको दूतावासले उल्लेख गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू