अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

गठबन्धनका उम्मेदवारलाई मत दिन नकारात्मक नहुन नेता कार्यकर्तालाई देउवाको आग्रह

बिआरटीनेपाल २०७९ कार्तिक ५ गते ६:२३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन सत्ता गठबन्धनलाई भोट दिन कार्यकर्तासँग आग्रह गर्नुभएको छ । आज विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधनका क्रममा उहाँले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने विषयमा नकरात्मक नहुन नेता कार्यकर्तालाई आग्रह गर्नु भएको हो ।

आफूले हँसिया हथौडामा भोट हालिसकेको बताउँदै उहाँले गिरिजाप्रसादले पनि शान्ति सम्झौता गर्दा नै भोट हालिसकेको बताउनु भयो । रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत दिन नकारात्मक नहुन उहाँले नेता कार्यकर्ता समक्ष आग्रह गर्नु भएको छ ।

आगामी निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि गठबन्धन गरेकोले आफूहरूले गरेको गठबन्धन संविधान र लोकतन्त्रको पक्षमा रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू