अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

गठबन्धनको उद्देश्य सत्तामात्रै होइन देश र जनताको भविष्य जोगाउनु हो : माधव नेपाल

बिआरटीनेपाल २०७९ कार्तिक ५ गते ६:२१ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई संकटबाट बचाउन आफूहरुले गठबन्धन गर्नुपरेको बताउनुभएको छ । शनिबार विराटनगरमा सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले देशको भविष्य बेठीक मान्छेको हातमा परेकोले आफूहरुले राजनीतिक जोखिम मोलेको बताउनुभएको हो । उहाँले लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन त्याग गरेको र देशलाई जोगाएको समेत दाबी गर्नुभयो ।

अधयक्ष नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहालले गरेको संघर्षलाई बिर्सन नहुने बताउनुभयो । उहाँले देशलाई बचाउन सत्ता गठबन्धन एकताबद्ध भएर दृढताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । गठबन्धनको उद्देश्य सत्तामात्रै नभएको बताउँदै उहाँले २००७ साल, ०४७, ०६२–०६३ मा कांग्रेससँग कम्युनिष्ट मिलेरै प्रगति गरिएको स्मरण गर्नुभयो । अध्यक्ष नेपालले सत्ता गठबन्धन स्वभाविक र प्रगतिशील गठबन्धन भएको दावी गर्नुभयो । उहाँले चुनावपछि घोषणा पत्रका आधारमा काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू