अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

“समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण सम्पन्न

बिआरटीनेपाल २०७९ कार्तिक ४ गते १५:०६ मा प्रकाशित

आज २०७९ कात्तिक ३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शंकर लामिछाने प्रतिष्ठान र भुँडीपुराण प्रकाशनले वरिष्ठ सम्पादक एवं लेखक श्रीओम श्रेष्ठ “रोदन”को सम्पादनमा भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित “समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण समारोहको आयोजना गर्‍यो ।

सो कृतिको लोकार्पण शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष
राधेश्याम लेकाली, सम्पादक श्रीओम श्रेष्ठ “रोदन”, भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली, समालोचकहरु प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माले सयुक्त लोकार्पण गरेका थिए ।

लोकार्पित कृतिउपर समालोचकहरु प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माले आआफ्नो मन्तव्य राखेका थिए । कृतिमा पैतालिस लेखकका आत्मपरक निबन्ध समेटएका छन ।

कार्यक्रम शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष लेकाली, सम्पादक श्रीओम श्रेष्ठ “रोदन” र प्रकाशक केशव पराजुलीले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन लेखक श्रीबाबु कार्कीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू