अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

घट्यो सुनको मूल्य, चाँदी स्थिर

बिआरटीनेपाल २०७९ कार्तिक ४ गते ६:३७ मा प्रकाशित

साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ६ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य शुक्रबार स्थिर रहेर १ हजार १ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया