अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

शेयर बजार आज पनि दाेहाेराे अंकले घट्याे

बिआरटीनेपाल २०७९ कार्तिक २ गते ६:४५ मा प्रकाशित

शेयर बजार आज बुधवार पनि दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय १६ वटा कम्पनीकाे २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया