अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

व्यथित काव्य सम्मान”को घोषणा

बिआरटीनेपाल २०७९ असोज २९ गते १४:४२ मा प्रकाशित

साहित्यिक पत्रकार सङ्घले संस्थाको स्वर्ण महोत्सवको अवसर पारेर सात कविलाई “व्यथित काव्य सम्मान” प्रदान गर्ने भएको छ ।

कविहरू उदय निरौला (२०७४), श्रवण मुकारुङ ((२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) “व्यथित काव्य सम्मान”बाट सम्मानित हुने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसै गरी सङ्घले “व्यथित काव्य डायस्पोरा सम्मान”बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित गर्ने जनाइएको छ ।

सो निर्णय वरिष्ठ कवि कृष्ण जोशीको संयोजनमा वरिष्ठ साहित्यकारहरु प्रमोद प्रधान र डा. दामोदर पुडासैनी सदस्य रहेको सिफारिस समितिको सिफारिसमा संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले निर्णय गरेको हो ।

“व्यथित काव्य सम्मान”बाट सम्मानित कवि उदय निरौलाका कोलाहल पिएर, जराहरू किमार्थ मर्दैनन्, शीतको लहर, उदय निरौलाका प्रतिनिधि कविताहरू, अस्ताउँदो घाम टेकेर कविताकृतिहरु प्रकाशित रहेका छन् । यस्तै कवि श्रवण मुकारुङका देश खोज्दै जाँदा, जीवनको लहर, बिसे नगर्चीको बयान, हिउँको दरबार, सुन रे सियाराम कविताकृतिहरु प्रकाशित रहेका छन् । यस्तै कवि रमेश श्रेष्ठका चराहरूको पहाड, आमा नदीहरू, बुद्ध बिम्ब अक्षर बिम्ब, घाँस उखेलिरहेकी केटी, रोदी रोएको देशमा, कविताको उज्यालो, अग्नि नृत्य, चोक र तमसुक, नपोतिएका रङ्गहरू जस्ता कविता कृतिहरू प्रकाशित रहेका छन् । यस्तै कवि कृसु क्षेत्री बोधिसत्त्वको मृत्यु उत्सव, चराको गीत, आगोको मूर्च्छना, रगतको दरबार, नीलोआसु, अर्द्द्मुदित आखाहरु, माफ गर जस्ता कविता, गजल र गीतका कृतिहरू प्रकाशित रहेका छन् । यस्तै कवि मोमिला जोशीका पैयुँ फुल्न थालेपछि, नीलो-नीलो आकाश र दुई थोपा आँसु, जुनकिरीहरू ओर्लिरहेनछ, दुर्गम उचाइमा फूलको आधी, भीमसेन थापाको सुसाइड नोट, Selected Poems जस्ता कविताकृतिहरु प्रकाशित रहेका छन् । यस्तै कवि गीता कार्कीका मलाई अँध्यारो नै चाहिन्छ, सालका ठुटा र एक टुक्रा घाम र आमा किरणहरूको छालमा जस्ता कविताकृतिहरु प्रकाशित रहेका छन् ।

यसै गरी “व्यथित काव्य डायस्पोरा सम्मान”बाट सम्मानित कविहरू हेमन्त श्रेष्ठका देश भूआहरुको रोटी होइन, गीत म कसरी गाउँ कवि गोवर्धन पूजाका पीडा अवतार, वाचल ओठहरू, प्रेम अवतार, अनामनगरकी अम्बिका, धर्तीको धूलो, बिक्रीमा यो जिन्दगी कवि भीमसेन सापकोटाको प्रश्नमा ईश्वर कवि प्रकाश पौडेल माइलाका पर्दाफास, हजार हाइकु, राति साकुरा (हाइकुकृतिहरु) कवि जगत नवोदितका जीवन अनुभूति, काँचो मुद्दा, अक्षय आकृति (मुक्तक) र कवि शकुन ज्ञवालीका आयुष, पालुवा, “मञ्जरी, तिमी र म”, भन्दिनु है बा जस्ता कविताकृतिहरु प्रकाशित रहेका छन् ।

वि. स. २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतमा प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गरिँदै आइएको छ । यस पुरस्कारबाट यसअगि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मञ्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुद्ध राना, नवराज कार्की, विश्व विमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धिरेन्द्र प्रेमर्षी, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी र शेखर ढुंगेल सम्मानित भइसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू