अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 06:26

उसको पनि दसैँ होला

गोपी मैनाली २०७९ असोज ९ गते १६:१८ मा प्रकाशित

(कथा)
हरिका सबै साथीहरू कामका लागि विदेश एका छन् तर हरि भने गएन । गाउँका मिल्ने जति सबै मलेशिया र खाडीतिर गएपछि गाउँमा एक्लो भएको हरि कतिखेर त आफू पनि उतै जाऊ कि भन्ने सोच्छ । तर भर्खर जन्मिएको सानो बच्चा, हात समातेर ताते गर्ने ठुलो बच्चाको मायाले फेरि मन फर्काउँछ ।

‘म बाहिर गएँ भने यो एक्ली सानुले कसरी बच्चा हुर्काउलिन् ? भर्खर सुत्केरी उम्केकी उनले घर कसरी धान्लिन्?’
एउटी आमाले एकसाथ दुुईटा काखे बच्चा हुर्काउन सक्छे ? चार पाँच वर्ष नपुगेसम्म बच्चाको काम नै बिरामी हुने हो । बच्चा बिमारी हुँदा सानु कहाँ जालिन् ?आफै बिमारी भए ..? फेरि जमाना पनि ठिक छैन, भर्खर बाइस पुगेकी प्रकृतिकी झरझराँदी फूल जस्ती सानुमाथि कतिको आँखा पर्लान् ?

हरिका मनभरि प्रश्नै प्रश्न छन् । ती प्रश्नका उत्तर दिने पनि उसैले हो ।

‘जे भए पनि विदेश चाहिँ जान्न । जानै परे पनि बच्चा स्कुल जान थालेपछि सोचांैला । विदेशमा नगएर पनि केही गर्न कसो नसकौला त ?’
एक हलको पाखो बारी त छ तर वर्षभरि बारीमै घोप्टिदा पनि चार जनाको परिवार पाल्न सक्दैन हरि । बारीको उब्जाउ कति पो हुन्छ र ? वर्षको एक बाली मकै, मकैसँगै अलिअलि सिमी, भटमास र बारीको डिलमा केही बोडी । मलखाल्डोको वरिपरि साग । हरि एक जनाको पसीनाले सिञ्चनुपर्छ । पहाडको उब्जाउ परिश्रमको फल न हो । अनि पो हरिका साथी सब रोजगारी गर्न विदेश हानिएका ।

घरको गर्जो बारीको मकैले मात्र टर्दैन । हरिले ऋण काढेर ल्याएको भैँसीले दूध दिएसम्म त गाउँको चिया पसलमा दूध ठेक्का दिन्थ्यो । नुन, तेल, कपडा, चाडबाड सबै भैँसीले धानेको थियो । एक भारी घाँस जहाँबाट पनि ल्याउन सकिने । एक ढुङ्ग्रो दूधले हरिको परिवार रसाएको थियो ।

यसपालि हिउँददेखि भैँसी पनि थाक्यो । दूध दिन छाडेको मात्र होइन, बेत बस्यो । हरि एकतमासले भैँसीलाई हेरिरहन्छ । भैँसीले पनि हरिलाई हेरिरहेकी छ । हरिले घाँसको मुठो त किलामा हालिदिन्थ्यो, तर भैँसी लैनुहुँदा जस्तो उत्साहले होइन । आफू थाकेकोमा हरिको उत्साह मरेको भैँसीले पनि बुझेकी हुनुपर्छ । बेत बसेकी उससँग पनि त केही उपाय छैन ।

हरिको बह पोख्ने एकजान सानु त हो । आमाबुबा सानैमा पहिरोले खाइहाल्यो, मावलीको आफ्नै टन्टा । सानुको माइतीमा भन्दा कस्तो घरमा छोरी दिइएछ भन्ने पिर पर्ला । पिर भन्ने कुरा अरूलाई बताउने पनि त होइन, माया गर्नेलाई बताए उ नै दुखी हुन्छ, आरिस गर्नेलाई बताए झन् खुसी हुन्छन् । त्यसैले हरि हम्मेसि सानुलाई पनि पिर पोख्दैन । मानिसको जात नै यस्तो ।
‘भैँसी पनि थाक्यो, के गर्नु सानु ? बेच्दा पनि मोल आउँदैन । अर्को किन्न पनि सकिँदैन । घर कसरी चलाउने ?’
‘म के भनूँ हजुर । मेरो ढुङ्ग्री बेचेर थपथाप गरेर लैनू भैँसी किन्नूस न त ।’

‘त्यो ढुङ्ग्री तिम्रो विवाहको एक मात्र बाँकी चिनो । त्यो पनि बेचेपछि विवाहको चाहिँ के बाँकी रहन्छ र ?’
हरि गम्भीर भएर सानुको मुख हेरिरहन्छ । सानूूका मुुखमुद्रा पनि गम्भीर छ । उपायहीन प्रश्नहरू चेहराभरि छरिएका छन् ।
‘चिनो भन्दा विवाह ठुलो नि । हामी भएपछि, हामीमा माया भएपछि अरू के चाहियो र ? यस्ता गहनाको काम दुखको गर्जो टार्ने त हो नि । अव त दुई तालाबाला पनि विवाहकै चिनो होइन र ?रहर भनेर मात्र भो र ? यी तालाबाला हुर्काउनु पनि पर्‍यो ।’

हरि मनमनै सोच्छ, म निकै भाग्यमानी छु । समझदार श्रीमती पउनुु भाग्यको कुरा हो । मेरी श्रीमती कति बुझक्कड र व्यावहारिक छ । भरभराउँदो जवानीमा पनि रहर र फर्मायस गर्दिन । साथीहरूले श्रीमतीलाई अरबमा पसीना बगाएर तीज, दसैँमा भाग पठाउँछन् । श्रीमान् कता हो, श्रीमती सजिएर बजार जान्छन् । सानुजस्ता मानिस त सृष्टिका उपहार हुन् ।
रहर त सानुलाई पनि होला । समझदार मानिस रहरहरू पनि परिवारमा समर्पण गर्छन् ।
हरि एक्लै अगिल्तिरको अजङ्गको धारे पहरो र पहरो बिचको ढुङ्गे छाँगोलाई हेरिरहन्छ । त्यै पहरोमा उ कैयनपल्ट लडेको छ । त्यै पहरोलाई चिथोरेर घाँसको भारी ल्याएको छ । पहरामा घाँस काट्न, भैँसीलाई दूध आउने, पोसिलो घाँस काट्न हत्केलामा ज्यान लिएर हिँड्नु पर्छ, बुट्यान समाउँदै पाइताल अड्याउने ठाउँ खोज्नुपर्छ । हिड्दा ढङ्ग नपुु¥याए पहराले भारी अँचेट्छ, लडियो भने एकैचोटी तल पुगिने डर । यो जीवनसँगको एक्लो सङ्घर्ष हो ।
पहरासँग खेलेर, लतारिएर, पछारिएर पहरोजस्तै बन्न सिकेको छ हरिले । पछारिए पनि, चिथोरिए पनि पहरोले नै हरिलाई, हरिको भैँसीलाई आधार दिएको छ ।
हरिका लागि पहरो साहस पनि हो । कर्मजिवीका लागि पहरो उद्देश्य पनि हो । पहरामा घाँस काट्न जाँदा उसकी सानुले घरको दलानबाट चियाउन सक्छे, बच्चा बिमारी हुँदा चिच्याउन सक्छे । बच्चालाई तेरा बाबा भनेर देखाउन सक्छे ।
‘त्यो बाँदर लड्ने पहरामा हरि ढुण्मुुनिए …?’ यस्ता कुभावना सानुको मनमा पटक पटक नआएका होइनन् । तर अर्को मनले त्यसलाई तत्काल थिच्छे, अर्को प्रसङ्गमा पुग्छे । मानिसहरू अनिच्छित कल्पनाका बिम्ब पनि देख्न चाहँदैनन् ।
हरिले धारेभिरबाट घाँस मात्र ल्याएको छैन । मछाइनो, चुत्रो, ऐसेलु पनि ल्याएको छ । एक पटक त बन मौरीले बनाएको पोला नै ल्याएर रोग काटिन्छ भन्दै सानूूलाई खान दिएको छ । ठुलो बच्चालाई पनि दिएको छ, सानो बच्चालाई जिब्रोमा चटाइदिएको छ ।
पहाडका मानिसहरू प्रकृतिसँगै सिक्छन्, प्रकृतिसँगै जुध्छन्, प्रकृतिसँगै रमाउँछन् । उनीहरूको जीवन अर्ग्यानिक हुन्छ, पवित्र हुन्छ । मन पहरा फोडेर छङछङ् बग्ने छहरा जस्तै कञ्चन । परिश्रम पहरो फोडेर मौलाउने पिपल जस्तै साहसी ।
हरिलाई पहाडले, पहराले, छहराले ससाना सपना देख्न सिकाएको छ । सरल बन्न सिकाएको छ । सिधा हिँड्न सिकाएको छ । परिश्रम गर्न अनि तृष्णा र ईर्ष्या नगर्न सिकाएको छ । त्यसैले पहाडहरू सहर भन्दा भिन्न छन् । हरिको सानो सपना एक भारी घाँसमा पूर्ण हुन्छ, सानु र बालकलाई पेटभरि खुवाउँदामा पूर्ण हुन्छ । एक ढुङ्ग्रो दूध गाउँको पसलमा बेच्दा पूर्ण हुन्थ्यो ।
समयसँगै सपनाहरू बदलिन थाले । सपना होइन, दायित्व थपिएकाले पनि प्रयत्नका स्वरूप बदलिन थाले । दायित्व बढ्दै गएपछि हरि सानुसँग बच्चा कसरी पढाउने, घर कसरी चलाउने भनेर दिनहू छलफल गर्छ ।
हरिले आदेशको भाकामा सानुलाई बोलायो ‘ए सुनुन् । आज सपनामा हामीले लैनो भैँसी ल्याएछौ । भैँसी हेर्न सानो र ठुलो दुवैबाबू फलैँचामा ज्ञानी भएर बसेका रहेछन् । भैँसीले कुँडेभरि दूध दिएछ । तिमी अगेनामा दूध तताउन थालिछौ । दूध तताएको हेर्न सानो बाबु तिम्रो काखमा र ठुलो चाहिँ नजिकैको चकटीमा ज्ञानी भएर बसेका रहेछन् । सपना देख्दा पनि कति आनन्द आएको ।’
‘त्यो सपना होइन, कल्पना जस्तो छ हजुर’ । सानुले उत्तर दिइन ।
‘जे सम्झ । मैले देखिहालेँ । अँ भन न किन म कहिले पनि प्लेन चढेको, धनी भएको, ठुलो दोकानदार भएको, आफ्नै मोटर चढेर डुलेको सपना देख्दिन ? तिमीले कहिले त्यस्तो सपना देखेकी छौ ?’
‘बिपनाको चाहना, यत्नहरू सपनामा देखिने न हुन् । हामीले त्यस्ता ठुला चाहना राखेनौँ, त्यसैले सपनाले त्यता पनि पु¥याएन । म त त्यस्ता सपना पनि देख्दिन । मेरा लागि सपना, बिपना सबै हजुर र यी दुई तालाबाला ।’
‘अव मेला जान्छु, केही छ भने अर्नी देऊ ।’
सानुले हिजोको बासी रोटी र गुन्द्रुक ल्याइदिइन । हरिले जिब्रो फड्काएर खायो । ओम्खराबाट कलकल पानी पियो । कोदालो काँधमा राख्दै मेला गयो ।
हरिलाई मेला नपुगिन्जेल मनमा एउटा प्रश्न घुमिरह्यो । साना मानिसले ठुला सपना किन देख्दैन ?मैले अङ्ग्रेजी बोलको सपना किन नदृखो होला ?सपना देख्न पनि सामर्थ्य चाहिन्छ र ? हो, सानुले भनेकै ठिकै हो । बिपनामा जेले सताउँछ, जे भइदियो भनेर भौतारिन्छौं, सपनामा त्यही देखिने रहेछ ।
हरिको साने सन्सार दुखी भए पनि सुन्दर छ । श्रमले धानिएको परिवार सुन्दर र स्वावलम्बी छ । कहीँ कतै लपन छपन छैन ।
बुढी भैँसी बेतवसेपछि बेच्नुको विकल्प थिएन । बेचेर अर्को भैँसी किन्ने सामर्थ्य पनि भएन । ऋण काढेर भैँसी किनेर पनि के गर्नु दूध बेचेको पैसा जति व्याज तिर्नै लाग्छ, आफ्नो भागमा दुख मात्रै ।
हरिको मन एक्कासि मडारिन पुग्यो ‘लैनो भएसम्म मायाले पाल्ने, थारो भएपछि बेच्ने पनि कतै मानवता हो ? किन्नेले त मासुकै लागि किन्ने हो । उसको आत्माले श्राप दिँदैन ?’
‘सानु भन त के गर्ने ?’ सानुसँग पनि उत्तर थिएन । उनको मन पनि हरिको भन्दा फरक थिएन । ‘हजुरलाई जे गर्न मन लाग्छ, त्यही गर्नुहोस् ।’
आखिर हरिले सस्तो मोलमा भैँसी बेच्यो । त्यसपछि हरिले आफूलाई मनमनै स्वार्थी घोषित गरेको छ । फाइदा भएसम्म माया गर्ने, त्यसपछि बेच्ने, यो पनि एक प्रकारको पाप नै हो ।
संसार यस्तै साना ठुला पापले चलेको छ । एउटाको पाप अर्कोको आवश्यकता ।
मलौटे व्यापारीले भैँसीको दाम्लो तान्दा पनि भैँसीले हरितिर हेरेर मुन्टो हल्लाएर असहमति जनाउँदै थियो, आँखा टलफल थिए ।
त्यो दृश्यले हरिको मन निचोरिएको छ । आफैले मायाले पालेको भैँसीलाई मलौटेलाई बेच्नु, मलौटेले भैँसीलाई मासु व्यापारीसम्म पुु¥याउनु, त्यसपछि त्यो मम दोकानसम्म पुग्नु, एउटा होनहार भैँसीको जीवनचक्र समाप्त हुनु । उसैको दूधले कति हजारले चिया खाए होलान्, कतिले दूध, दही खाए होलान् । के मानिस यति स्वार्थी र उपभोगवादी हो ? हेरी बेचैनीमा छ ।
हरिले सानुसँग सल्लाह ग¥यो ‘सानु भदौ पनि सकिन लाग्यो, मकै थन्क्याइ हालियो । बारी भटमास, बोडी तिमीले थान्को लगाउन सकी हाल्छ्यौ, म सहरतिर गएर मजदुरी गर्छु । यहाँ काम पनि छैन, भैँसी पनि बेचिहालियो । दशैलाई खर्च कमाउँछु ।’
‘हुन्न त कसरी भनौँ । दुई तालाबाला स्याहार्नु छ ।’
सहर कति टाढा छ र ? बिहान गए बेलुका पुगिन्छ, गाउँबाट मोटर लागिहाल्छ ।
केही प¥यो भने फोन गर, म पैसा पठाइ दिन्छु । ठुलोको स्कुलमा ख्याल गर्नु ।
गाउँका सानोतिना ठेकेदारले हरिलाई काठमाडौँ ल्याइपु¥याए ।
हरि अचम्म मान्छ । काठमाडौँ त अवसरको केन्द्र रहेछ । सहर पसेपछि हरिले कहिले बेकाममा बस्नु परेन । महिना नबित्दै तिन पटक घरमा पैसा पठाए सक्यो ।
दिनभरिको काममा हरिलाई थकाइ छैन । साना सपनाहरू पूरा हुँदै सपनाका आकार पनि बढ्न लागेको छ । काम पाएकोमा निकै खुसी छ । काम पनि दिन गन्तीमा होइन, ज्याला ठेक्कामा । मन मनै सोच्छ ‘छ महिना यसरी काम पाए त लैनो भैँसी पनि किन्न सक्छ ।’ ु
साँझसम्म मच्चिएर काम गर्छ । घर बनाउने ठेकेदारले उसलाई निकै मन पराएका छन् । नाफा खोज्नेहरूले कामलाई मन पराउने त हुन नि ।
काठमार्डौमा घर बनाउने व्यवसाय निकै फस्टाएको छ । कैयन हरिहरूको रोजीरोटी यही व्यवसायले दिएको छ ।
मनमनै सोच्छ –विदेश नगएर के भयो र ? दैनिक दुई हजार रुपैयाँ यही कमाउँछु । उता जानेले पनि त्यै पचास साठी हजार महिनामा पठाउने त हुन नि । जानेवेलाको खर्च, अर्कोको मुलुक । यहाँको काम कता हो कता राम्रो ।
काममा सन्तुष्टि जति ठुलो केही नहुने रहेछ । कामले कामै तानेको छ ।
अग्ला अग्ला घरका टुँडालसम्म बाँसको लिस्नो लगाउँदै कम्मरमा बेल्ट र हातमा ब्रस बाल्टिन लिएर छाना, भित्ताहरूमा वेदरकोड लगाउन हरि खप्पिस छ ।
उसको ठेकेदारले रङ्ग कम्पनीबाट कमिसन पाउँछन् रे, उपहार पाउँछन् रे, उ मतलव राख्दैन । निरन्तर काम गर्छ । समयमा पैसा पाए भइहाल्यो । अरूले दुुईजनाले गर्ने काम उ एक्लै भ्याउँछ । इमानदार भएकाले सबैले मन पारका छन् ।
असोज निख्रन लाग्यो । दशैको साइतमा धेरैले घर पूजा गर्ने, नयाँ घरमा सर्ने भएकाले हरिलाई झनै दसैँ आएको छ । घरभित्र राती काम गरेर ओभरटयम कमाउन सक्छ ।
काम गर्दागर्दै हरिको इमानले बानेश्र, कोटेश्वर, ग्वार्को, पुलचोक, थापाथलीका नयाँ घरे र रङ्ग व्यापारीले चिनिसकेका थिए । नयाँघरेहरु आफू घरमा न भए पनि हरिलाई कोठा, कौसी कामका लागि खुला हुन्थ्यो ।
हरि मनमनै रड्ड छ । विदेशमा गएर पैसा पठाएर न यति विध्न घर बनेका होलान् । जब काम पाउँछ, हरि सबैलाई मनमनै सम्मान गर्छ । काम दिने व्यक्ति ईश्वर हो ।
दसैँ लाग्यो । सहरको चहलपहल बढे पनि उपत्यका बाहिरका मानिसहरू दसैँ मनाउन उतैतिर लागे । हरिले ठेक्का लिएको भण्डारी बाको घरको काम सकिन अझै एकहप्ता बढी लाग्छ । फूलपातीको अघिल्लो दिन भण्डारी बा तराई जाने मुडमा छन् । उनले निधो गरे, हरिलाई दसैँमा पनि रङ्ग लगाउन अनुरोध गर्ने ।
मानेमा घरको चाबी उसैलाई दिएर जाने । घर कुरुवा पनि राख्नुपर्ने, घरमा रङ्ग पनि लाग्ने ।
भण्डारी बाको अनुरोध हरिले एकै बचनमा स्वीकार ग¥यो । दसैँ त अर्को साल पनि आउँछ, दसैँमा यसरी बा¥ह पन्ध्र हजार कमाउन सक्ने समय त सधैँ आइरहँदैन ।
गाउँ जानेसँग कमाएको पैसा सानुलाई पठाइदियो र रमाइलोसँग दसैँ मनाउन सानुलाई फोन ग¥यो, दुवै बच्चासँग कुरा ग¥यो । सानूूले भक्कानिएर भनिन् –हजुर नभएको दसैँ रमाइलो हुन्छ र ? तर हरिको जिद्दीका सामूू सानुको के जोर चल्थ्यो ।
भण्डारी बाका छिमेकीहरू आश्चर्य मन्थे, बिहानैदेखि दसैँका समयमा पनि बाहिरबाट ताला लगाएर गा¥होमा रङ्ग किन लगाएको होला ? के बित्दो भएर होला ? टोलका बच्चाहरू पनि हरि दाइको पनि दसैँ होला, उसका पनि आफूहरूजस्तै बच्चा होलान् भन्ने गर्थे ।
फूलपाती, नवमी, दशमी सबै दिन हरिले काम गरिनै रह्यो । बाहिरी गा¥हो करिब सकिएपछि एकादशीको दिन मध्यान्हमा छुटेको स्थानमा रङ्ग लगाउँदै थियो । कात्तिक महिना भएकाले मधुरो घामको दसैँ आनन्द लिन भण्डारी बाका छिमेकीहरू कौसीतिर थिए, बच्चहरु कौसीबाट चङ्गा उडाउँदै चङ्गाचैट भन्दै थिए । एक्कासि डङरङ्ग आवाज आयो । के भयो भनेर टोलावासी हतार हतार भण्डारी बाको घरतर्फ लागे । कम्मरको डोरी छिनेर तीन तलामाथिबाट हरि बजारिएछ । बाल्टीको रङ्ग र हातमा ब्रस समेत हरि आँगनमा घोप्टिएको मुखबाट थोरै रगत आएको अवस्थामा लडिरहेका रहेछन् । भित्रबाट ताला लगाएकाले तत्काल कोहीभित्र पस्न सकेनन् । डेढ तलासम्मको कम्पाउन्ड वालमाथिको तिखा ग्रीलले कोही भित्र जान सकेनन् । मगाएको एम्बुलेन्स गेटमा साइरनमा छ ।
हक श ले ताला काटेर छिमेकी भित्र पस्दा रगत आलो भए पनि हरि अररो भइसकेछ ।
पहरा जितेको, पहरामा हुर्केको हरि घरको छानासँग भने हार्न पुग्यो । पहाडमा सबैको मन जित्ने हरि सहरसँग साँधैका लागि हा¥यो । साना सपनामा ठुलो खुसी सम्झिने हरिका सपना पानीको फिँज जसरी प्याट्ट फुटयो । बिचरा सानु र ठुलो सानोको सपनामाथि खुसीको दसैँ नसकिँदै बज्रपात प¥यो ।

– मैनाली निवास,
क्षितिज मार्ग, शङ्खमूल ।