अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

नेपालमा थप १ सय ७९ जनामा काेराेना सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७९ भदौ २७ गते ७:०१ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी चार हजार नौ सय ५९ जनाको नमुना परीक्षण गर्दा एक सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय ७१ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७१ जना पुगेको छ ।  यस्तै २४ घण्टामा काेराेना भाइरसविरुद्धकाे खाेप लगाएकाे विवरण भने प्राप्त नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू