अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

डा. गोविन्द केसीको २० औँ सत्याग्रह धनगढीमा सुरु

बिआरटीनेपाल २०७९ भदौ २७ गते ६:५८ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित गीता सत्संग भवनमा सत्याग्रह सुरु गर्नुभएको छ । उहाँले साँझ ५ बजेदेखि २०औँ सत्याग्रह सुरु गर्नुभएको हो । सत्याग्रह सुरु गर्नुअघि डा. केसीले सत्याग्रह स्थलमै पत्रकार सम्मेलन गरी आफ्ना मागसहित सत्याग्रह सुरु गरेको जानकारी दिनुभयो ।

डा। केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिनुभएको थियो । ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै जवाफ नआएकाले सत्याग्रहका सुरु गरेको छु’ डा. केसीले भन्नुभयो, ‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा अनशन सुरु गरेँ।’

डा.केसीले आफूले राखेका माग र समाधानको खाकासमेत सरकारलाई यसअघि नै बुझाइसकेको बताउनुभयो। उहाँले अनसन सुरु गर्नुअघि नागरिक समाजका प्रतिनिधिसँग छलफलसमेत गर्नुभएको थियो । आफ्ना मागप्रति सरकार अर्थात प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृह क्षेत्रमा अनसन सुरु गरेको केसीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू