अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

नेपाली कांग्रेस (वीपी) द्वारा घोषणापत्रको मस्यौदा सार्वजनिक

बिआरटीनेपाल २०७९ भदौ २७ गते ६:४८ मा प्रकाशित

नेपाली कांग्रेस (वीपी) ले आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्रबारे छलफल गरेको छ ।केन्द्रीय समितिमा घोषणापत्रको मस्यौदा सार्वजनिक भएको हो । सोमबार सार्वजनिक मस्यौदामा सुझाव पेश गर्न भनिएको पार्टीका प्रवक्ता शिव सिम्खडाले जानकारी दिनुभयो । राजसंस्था, धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र राजनीतिक स्थायित्व र दिगो शान्ति स्थापना गरी समृद्धि प्राप्त गर्ने विषय घोषणापत्रमा समेटिएको छ ।

यस्तै महंगी, बेरोजगारी, दैनिक उपभोगका वस्तुको अभावलाई समाधान गर्न पर्यटन प्रवद्र्धनलाई आधार बनाउने उल्लेख छ । यस्तै शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी राज्यले लिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ । दैनिक जनजीविकालाई सहज बनाउँदै आर्थिक, समृद्धिको दिशातर्फ लैजान देशमा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्ने उल्लेख छ ।

यस्तै असंलग्न नीति पछ्याउँदै सबै छिमेकी मुलुकसँग समान सम्बन्ध स्थापित गरी लाभ लिने पार्टीको उद्देश्य रहेको पार्टीका प्रवक्ता सिंखडाले बताउनुभयो । यस्तै सोमबारको बैठकले निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । पार्टीलाई निर्वाचनमा सकेसम्म बढी ठाउँमा विजय बनाउन एक ढिक्का भएर लाग्न पार्टी सभापति सुशीलमान शेरचनले निर्देशन दिनुभयो । यसैबीच, नेपाली कांग्रेस मकवानपुरकी महिला नेतृ रीता खनालसहित विभिन्न व्यक्ति पार्टी परित्याग गरी नेपाली कांग्रेस वीपीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू